योगलाई खेलकुदसँग जोड्नुपर्छ :   मन्त्री गहतराज

काठमाडाैं | असार ७, २०७९

योगलाई खेलकुदसँग जोड्नुपर्छ :    मन्त्री गहतराज


काठमाण्डौँ :      युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले योगलाई खेलकुदसँग जोडेर हेर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री गहतराजले योगलाई खेलकुदकै प्रमुख अङ्गका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । 

 

पछिल्लो समय विश्वभर योग संस्कृतिले व्यापकता पाइरहेको उल्लेख गर्दै मन्त्रीले खेलकुद, शिक्षा र स्वास्थ्यलाई समेत योग संस्कृतिसँग जोड्नुपर्नेमा जोड दिनुभयो । हरेक वर्ष जुन २१ तारिकमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयानुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्